सोमबार, भदौ १५, २०८३

बुटवलमा छुवाछुत अन्त्य गर्न माग गर्दै दिवस मनाइयो

५६ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवस लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा पनि मनाइएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

बुटवल- ५६ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवस लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा पनि मनाइएको छ।

आइतबार बुटवलमा ‘विभेद कहिलेसम्म ?’ विषयक अन्तरक्रिया कार्यक्रम गर्दै दिवस मनाइएको छ।
जातीय भेदभाव र छुवाछुत मानव जातिकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ।

जागरण मिडिया सेन्टर, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देही, परियार सेवा समाज रुपन्देही तथा सिर्जनशील सहयात्री समाज बुटवल रुपन्देहीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममार्फत् सरकार, नागरिक समाज तथा सरोकार राख्नेलाई विभेद अन्त्यका लागि व्यक्तिगत र संस्थागत प्रतिबद्धता गराइएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दीपा विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि बनेका कानुनको समेत कार्यान्वयन हुन नसकेको बताइन्।

संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दक्षिण अफ्रिकामा काला र गोराबीचको विभेद अन्त्य भए पनि नेपालमा अझै पनि जातका आधारमा भेदभाव कायम रहेकाले विरोधमा दिवस मनाउनुपरेको बताए।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले दलित समुदायले भोगेको पिडा सह्य हुन नसक्ने बताउदै सामाजिक आन्दोलन गर्नुपर्ने बताए।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्मा, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौर, कांगेस नेतृ गंगा शाही, एमाले नेतृ देवी वाग्लेले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाए।

प्रकाशित: Mar 21, 2021| 13:55 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।