सोमबार, भदौ १५, २०८३

बोहोराटार भेलामा सरकार गठन र महाधिवेशनबारे छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नयाँ सरकार गठन र पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा भावी रणनीति बनाउन छलफल गरेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नयाँ सरकार गठन र पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा भावी रणनीति बनाउन छलफल गरेको छ।

पौडेल निवास बोहोराटारमा भएको छलफलमा वर्तमान राजनीतिक घटनाक्रम र महाधिवेशनका बारेमा छलफल भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा र १४ औं महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।  

‘पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनका बारेमा छलफल गर्न हामी बसेका थियौँ। अनौपचारिक छलफल भयो,’ ती नेताले भने, ‘अहिलेको राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, प्रधानमन्त्रीको विकल्प खोज्ने विषयमा पार्टीले अग्रसरता लिनुपर्नेमा हाम्रो जोड छ। पदाधिकारी बैठकमा थप छलफल होला।’ 

कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने गरी मिति तोकेको छ। तर, महाधिवेशनको पर्याप्त तयारी नभएको र ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै पौडेल समूह देउवासँग असन्तुष्ट छ। 

यसैबीच सभापति देउवाले सोमबार २ बजे पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: Mar 21, 2021| 12:31 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।