सोमबार, भदौ १५, २०८३

झा दम्पती अपहरण प्रकरण : ४ अभियुक्त सार्वजनिक

महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट एक वृद्ध दम्पती बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट एक वृद्ध दम्पती बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गरी वृद्ध दम्पतिको अपहरणमा संलग्न रहेको आरोपमा आइतबार ४ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआईबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको छ। 

यद्यपि दम्पतीको अवस्था वा उनीहरु जिवित रहेनरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन्। 

गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै वेपत्ता पारिएको थियो।

प्रकाशित: Mar 21, 2021| 12:07 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।