काठमाडौं– सशस्त्र प्रहरी बलका निरीक्षक दधिराम पौडेल र नायब निरीक्षक राजेश पासी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल बेस क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख पौडेल र प्रहरी नायब निरीक्षक पासीलाई फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै अतिरिक्त रकम लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनीहरूलाई आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
दुवैजनालाई जनही ५० पचास हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जनाएका छन्।