सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारो

बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारो

कैलालीको बाढी प्रभावित क्षेत्रका किसान अहिले चैते धान रोप्न व्यस्त छन्।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

कैलाली- कैलालीको बाढी प्रभावित क्षेत्रका किसान अहिले चैते धान रोप्न व्यस्त छन्।

जिल्लाको भजनी नगरपालिकाका किसानले बर्खायाममा लगाएको धान खेती बाढीले नष्ट गरेको थियो। हरेक वर्ष बर्खायाममा बाढीले लगाएको धान नष्ट गर्ने हुँदा सो क्षेत्रका किसानले चैते धान खेतीबाट जिविकोपार्जन गर्दै आएका छन्।

बर्खायाममा लगाएको धान बाढीले नष्ट गरेपछि भजनी नगरपालिकाले किसानको जिविकोपार्जनका लागि ९४ क्विन्टल चैते धानको बिउ निशुल्क उपलब्ध गराएको छ। नगरपालिकाले नगरको ९ वडाका किसानलाई चैते धानको बिउ निशुल्क उपलब्ध गराएको कृषि शाखाका प्राविधिक दिनेश चौधरीले बताए। 

गएको वर्ष बर्खायाममा लगाएको ३ हजार बिघा धानबाली बाढीले पूर्णरुपमा नष्ट भएको प्राविधिक चौधरीले बताए। उनले नगरका अधिकांश क्षेत्र डुबानका कारण किसानले बर्खायामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बिउ वितरण गरेको बताए।

‘नगरपालिकामा ४ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुन्छ’, उनले भने, ‘तर निशुल्क बिउ पाउँदा पनि धेरै क्षेत्रमा धान खेती गर्ने अवस्था भने देखिँदैन।’

भजनीमा मात्र नभएर कैलालीको जोशीपुर र जानकी गाउँपालिकाका किसानले समेत चैते धान खेती गर्ने गरेका छन्। बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धान खेतीले जिविकोपार्जनमा सहयोग गरेको छ भने बाढी प्रभावित बाहेकका क्षेत्रका किसानका लागि थप आम्दानीको श्रोत बनेको छ।

बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेका छन्। जानकी गाउँपालिका–७, भुर्साका सदाबृष कठरियाले वर्षेनी दुई पटक धान खेती गर्दै आएको बताए।  एक पटकको धान खेतीले परिवार पाल्न पुग्छ उनले भने, अर्को पटकको धान खेती आम्दानीको स्रोत हो।

प्रकाशित: Mar 21, 2021| 09:01 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।