काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका समिति सभापतिहरुसँग संयुक्त छलफल गरिरहेका छन्।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा समिति सभापतिहरुसँगको छलफल जारी छ।
समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल भइरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।