सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भीम रावल भन्छन्- हामीलाई स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद

भीम रावल भन्छन्- हामीलाई स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद

नेकपा एमालेको माधव-झलनाथ पक्षीय स्थायी कमिटी सदस्य भीम रावलले केपी ओलीले आफूसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध रहेको बताएका छन्। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ पक्षीय स्थायी कमिटी सदस्य भीम रावलले केपी ओलीले आफूसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध रहेको बताएका छन्। 

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि रावलको प्रतिक्रिया आएको हो।

‘यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो। राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति आमन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित बैठकबाट म समेत नवौं राष्ट्रिय महाधवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ। त्यस्तो निर्णयलाई म पूर्णत: अस्वीकार गर्दछु।´ उनले ट्विट गर्दै लेखेका छन्।

आमनिर्वाचनमा जारी प्रतिबद्धताको कार्यान्वयन गर्नुको साटो राष्ट्रहित विपरीतका काम गर्ने, आफैं हस्ताक्षर गरी कायम गरेको पार्टी एकता आफैं फुटाउने, नेपालको संविधान मिचेर प्रतिनिधिसभा विघटन गरी जनादेशको अपमान गर्दै प्रतिगमनकारी काम गर्ने, सर्वोच्च अदालतको फैसलाको अवज्ञा गरी नेकपा (एमाले) को विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने उनले बताएका छन्।

प्रकाशित: Mar 21, 2021| 05:27 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।