सोमबार, भदौ १५, २०८३

मकवानपुरमा पशुमैत्री उद्यान

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ। गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुने छ।

स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए। 

परियोजनाको विस्तृत प्रतिवेदनअनुसार सात करोड तीन लाख ७६ हजार रूपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ।

उद्यानमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रालगायतको आकृति, तालिम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानीट्याङ्की, चमेनागृह, वनभोजस्थल, शौचालय, आरामस्थल, पदमार्गलगायतका संरचना रहने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ। रासस

प्रकाशित: Mar 21, 2021| 04:05 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।