सोमबार, भदौ १५, २०८३

‘मौरिज हर्गोज’ पदमार्ग हुँदै अन्नपूर्ण आधार शिविर

म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन्।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

म्याग्दी - म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन्।

म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो।

हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको थियाे। 

कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो। सेभेन समिट ट्रेकमार्फत् आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन्। 

जोखिमयुक्त ‘मौरिज हर्गोज’ पदमार्गमार्फत् गरिने अन्नपूर्ण आरोहणको प्रचारप्रसारका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताइन्।

पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहेका छन्।

पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्। करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ। 

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए।

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो। मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ।

गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको अन्नपूर्ण गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्सांकन, पूर्वाधार निर्माण र प्रवर्द्धन सुरू गरेकाे थियाे। 

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो। नेपाली महिलाहरू त यसको चुचुरोमा पुगेकै छैनन्।

सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहने छ।

गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन्। रासस

प्रकाशित: Mar 21, 2021| 02:13 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।