सोमबार, भदौ १५, २०८३

मनाङमा ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

मनाङको नासों गाउँपालिका ३, खोत्रो गाउँ क्षेत्रमा शनिबार ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

पोखरा-  मनाङको नासों गाउँपालिका ३, खोत्रो गाउँ क्षेत्रमा शनिबार ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।

मृत्यु हुनेमा नासों ४ ओडार गाउँकी ३५ वर्षीया मनीषा गुरुङ, उनका ५ वर्षीय छोरा लिउन, सोही ठाउँकी ३६ वर्षीया लालकाशी गुरुङ, ट्रकका सहचालक मस्र्याङ्दी ५ का लक्ष्मण नेपाली र चामे ४ का ३५ वर्षीय धनमान विक छन्।

तीमध्ये मनीषा, लिउन र लालकाशीको घटनास्थलमै मृत्यु भएकोमा अन्य दुईको लमजुङ जिल्ला अस्पतालमा उपचार क्रममा ज्यान गएको मनाङ प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताए।

घाइते हुनेमा ट्रक चालक सुमन तामाङ, नासों–४ ओढार गाउँकै अन्दाजी ६/७ वर्षका बालक थिउन गुरुङ र निहल गुरुङ रहेको खड्काले जानकारी दिए। 

घाइतेको लमजुङ सदरमुकाम वेंसिसहरमा उपचार भइरहेको छ। 

सिमेन्ट लोड गरी वेंसिसहरबाट चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक ओभर लोडका कारण उकालोमा ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। 

ट्रक सडकबाट करिब १५० मिटर तल मस्र्याङदी नदीमा खसेको छ। 

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसहित स्थानीय खटिएको थियो।
 

प्रकाशित: Mar 20, 2021| 16:12 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।