सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा खनाल मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्। दैलेखको आठबीस नगरपालिका–२ निवासी खनाल लामो समयदेखि अधिवक्ताका रुपमा काम गर्दै आएका थिए।

तत्कालीन मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले कार्यव्यस्तता देखाउँदै एक महिनाअघि पदबाट राजनीनामा दिएका थिए।

यसैबीच नवनियुक्त मुख्य न्यायाधिवक्ता खनालले आज (शुक्रबार) कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश राजेश्वर तिवारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

सपथ ग्रहण समारोहमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही तथा प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: Mar 19, 2021| 10:51 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।