विराटनगर– प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटरर्याली निकालिने भएको छ।
नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटरर्याली चैत १४ गते विराटनगरमै फर्किने भएको छ।
विराटनगरबाट सुरु भएर बर्दिबास–घुर्मी हुँदै फाफ्लु पुगेर फर्किने कार्यक्रम तय भएको नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष सृजन प्याकुरेले बताए। उनका अनुसार एकतर्फी चार सय किलोमिटरको पर्यटन यात्रा हुनेछ।
‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ सुरु हुने मोटरर्यालीले प्रदेश १ को पर्यटकीय क्षेत्रका बारेमा सरोकारवालासँग छलफल गर्ने मोटर र्याली आयोजक समितिका संयोजक शुभम् भट्टराईले बताए।
कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गरी आन्तरिक पर्यटनलाई पुर्ववत् रुपमा फर्काउने कार्यक्रमको लक्ष्य छ।
आन्तरिक पर्यटन प्रर्बद्धन कार्यक्रमलाई कन्ट्रोल लुब्रिकेन्ट्स, माउन्ट भिल्ला, आरसी कोला, जी पावर र ओल्ड मन्कले सहकार्य गरेका छन्।