काठमाडौं– महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्।
अधिवक्ता बडाललाई सरकारले महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्री केपी ओली निकट स्रोतले बताएको छ।
उनकाे नियुक्ति र शपथ आइतबार हुने बताइएकाे छ।
अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई नियुक्त गर्न लागिएको हो।
बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सचिव हुन्। उनी श्रम कानुनका विज्ञ मानिन्छन्।
महान्यायाधिवक्ताले प्रधानमन्त्रीका मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्ने व्यवस्था छ।