सोमबार, भदौ १५, २०८३

गण्डकी प्रदेश लोकसेवा आयोगमा विष्णु नेपाल

गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ। आयोग अध्यक्षलाई आइतबार शपथ खुवाउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गते उमेर हदका कारण अवकाश पाएका नेपाललाई गण्डकी सरकारले अध्यक्षमा नियुक्त गरेको हो।

सदस्यमा कल्पना लम्सालको नाम सिफारिस भएको छ। उनी दमौलीको आदिकवि भानुभक्त बहुमुखी क्याम्पसकी उपप्रमुख हुन्। अर्काे एक सदस्यको भने नाम सार्वजनिक गरिएको छैन।

आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने कानुनी प्रावधान छ। जसमा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहन्छन्। यही समितिले अध्यक्षमा नेपालको नाम सिफारिस गरेको हो।

३ सदस्यीय आयोगमा अध्यक्ष वा सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ। आयोग बढीमा ३ सदस्यीय रहनेछ। अध्यक्ष र सदस्यको पदावधि ६ वर्ष हुन्छ।
 

प्रकाशित: Mar 19, 2021| 09:08 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।