सोमबार, भदौ १५, २०८३

कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। 

प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नैतिकताका आधारमा प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘विशिष्ट परिस्थितिमा संसद् बैठक बसिरहेको छ। सरकारले शक्ति पृथकीकरणको सिद्धान्ताम धावा बोल्न खोजेको थियो। संसद् विघटन गरेर असंवैधानिक काम गरेको थियो। त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदियो। प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनु पर्दैन ? मार्गप्रशस्त गर्नु पर्दैैन ?’

प्रधानमन्त्रीले गल्ती महसुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्ने र यो कुरामा संसदले पनि ध्यान दिनुपर्ने उनले बताए। ‘संविधानको प्रावधानविपरीत संसद् विघटन गरेको थियो सरकारले। कांग्रेसले सुरुमै यसलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको थियो। देशभर नै विरोध पनि गरेको हो संविधानको रक्षाका लागि,’ खाँडले भने। 

अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न उद्दत रहेको आरोप उनले लगाए। ‘मौलिक अधिकारको मूल मर्म विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हुँदै आएको छ,’ खाँडले भने।

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाबाट निर्माण भएको संसद्‌को भूमिकालाई गतिशील बनाउने सरकारको दायित्व भएको उनले बताए। उनले भने, ‘एसिड आक्रमणलगायत विधेयकहरु ल्याएर सदनमा छलफल गराइयोस्।’
 


 

प्रकाशित: Mar 19, 2021| 08:00 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।