सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपलब्धि सुनाएर महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

उपलब्धि सुनाएर महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन्। उनले भने, ‘प्रधानमन्त्रीलाई भेटेर मैले राजीनामा दिएको छु।’ 

२०७४ फागुन ८ गते उनी २६ औं महान्यायाधिवक्तामा नियुक्त भएका थिए।

खरेलले आफू भिन्न परिवेशमा पदमा बहाली भएको बताए। उनले भने, ‘कतिपयले कानुनमन्त्री भइसकेको व्यक्ति किन महान्यायाधिवक्तामा गएको होला?’

खरेलले तीन वर्षकाे अवधिकमा संस्थाको भौतिक विकास, फौजदारी न्याय प्रशासनलाई अगाडि लैजाने राज्यको लक्ष्य पूरा गर्न आफूले सक्दो प्रयास गरेको बताए।

उनले ३७ महिनामा ३९ वटा भवन उद्घाटन गरिएको बताए। खरेलले महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलको कार्यालयको चिनिने अवस्थामा पुर्‍याएको बताए।

उनले विभिन्न कानुनसम्बन्धी नौ वटा तालिम पुस्तिका तयार पारी १५ वटा तालिम कक्षा सञ्चालन गरेको जानकारी दिए।

उनले १३० भन्दा बढी सरकारी वकिलको दरबन्दी थप गरिएको पनि बताए। दरबन्दी थप भए पनि महामारीका कारण विज्ञापन गर्न नसक्दा दरबन्दी अनुसार पदपूर्ति गर्न नसकिएको उनको भनाइ छ। 

प्रकाशित: Mar 19, 2021| 07:58 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।