सोमबार, भदौ १५, २०८३

सीटीईभीटीको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को प्रश्नपत्र आउट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

जनकपुरधाम– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रश्नपत्र आउट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सीटीईभीटीको प्रश्नपत्र बाहिरिएपछि धनुषा प्रहरीले पाँच जनालाई जनकपुरधामबाट पक्राउ गरेको हो। 

पक्राउ परेका सबै जनकपुरधाम– ४ स्थित भैरवचोकमा फोटोकपी पसल गर्दै आएका छन्। 

भैरवचोकस्थित एक फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनले परीक्षामा अनुगमन गर्ने क्रममा चिट भेटिएपछि विद्यार्थीसँगको सोधपुछका आधारमा सो फोटोकपी पसलबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागेको थियो। 

पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ। डीएसपी मिश्रले अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम खुलाउन मानेनन्।

प्रकाशित: Mar 19, 2021| 08:05 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।