सुर्खेत – सल्यानमा आज बिहान आगलागी हुँदा दुई घर जलेका छन्।
कपुरकोट गाउँपालिका–२, दानवाङमा आगलागी हुँदा शुकबहादुर बुढा र खर्कबहादुर घर्तीका घर जलेका हुन्।
आगलागीबाट बुढाको घरमा राखिएको १५ हजार र घर्तीको घरमा रहेको दुई लाख ५० हजार रकम, एक तोला सुन, लत्ता कपडा, अन्नपात नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
त्यस्तै आगलागीबाट केशर घर्तीको घरमा पनि एकतर्फको भाग जलेको छ।
आगो स्थानीय, नेपाल प्रहरी र जनप्रतिनिधिको सहयोगमा नियन्त्रणमा लिइएको हो।
आगलागीका कारण र क्षतिको पूर्ण विवरण संकलन भइरहेको सल्यानका डीएसपी गोविन्द थापाले बताए।