सोमबार, भदौ १५, २०८३

प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका नै नक्कली !

सुर्खेतमा एकजना नक्कली प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

सुर्खेत – सुर्खेतमा एकजना नक्कली प्रशासकीय अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री छन्। 

उनले नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र राखेका थिए। 

यो गाउँपालिका नेपालमै छैन। 

ठगीको आरोपमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिए। 

महानगरीय अपराध महाशाखा काठमाडौंको पत्रका आधारमा पक्राउ गरिएको हो।

नेत्रकुमारी पौडेलले जाहेरी दिए पनि घटनाको विस्तृत विवरण भने प्रदेश प्रहरीसँग छैन। ‘हामीलाई काठमाडौंबाट पत्र आएअनुसार पक्राउ गरी काठमाडौं पठाएका छौं,’ प्रवक्ता चन्दले भने, ‘ठगीको मुद्दा छ तर घटनाको विस्तृत विवरण थाहा छैन।’ 

उनलाई गएको बिहीबार प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेर काठमाडौं पठाएको छ।

पक्राउ परेका बुढा तीन वर्षअघि पनि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए। 

उनको साथबाट नक्कली सरकारी परिचयपत्र, भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 19, 2021| 05:55 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।