सोमबार, भदौ १५, २०८३

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ।

पोखरीको पहिलो चरणको पुनर्निर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, ‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौं, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कंक्रिट कमल  राख्दैनौं, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ।’

पोखरीको डिजाइनबारे जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने बताए। 

वडा १ मा पुनर्निर्माण भइरहेको कमलपोखरीमा करिब ६ करोड ३६ लाखको लगानी छ। 

पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ। कमलपोखरीमा ९ वटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ। 

पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिने छ। 

पोखरी आसपासमा नेपालीपन झल्काउन झिंगटीका छानायुक्त संरचना हुनेछन्। पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ। रासस

प्रकाशित: Mar 19, 2021| 05:31 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।