सोमबार, भदौ १५, २०८३

माधव-झलनाथ पक्षीय महिला संघको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय अखिल नेपाल महिला संघको आज राष्ट्रिय भेला हुँदै छ। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - नेकपा एमालेको माधव–झलनाथ पक्षीय अखिल नेपाल महिला संघको आज राष्ट्रिय भेला हुँदै छ। 

भेला आज बिहान ११ बजेदेखि कालीमाटी ब्यांक्वेटमा सुरु हुनेछ। 

भेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको प्रमुख आतिथ्यतामा हुने छ। 

यस्तै बिहीबार सकिएको माधव-झलनाथ पक्षको राष्ट्रिय कार्यकता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेकाे छ।

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चुलिँदो छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेपछि माधव-झलनाथ पक्षले विरोध गरेको छ।

साथै साे पक्षले समानान्तर कमिटीसमेत गठनकाे अभ्यास थालेकाे छ। 

प्रकाशित: Mar 19, 2021| 02:03 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।