सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व राजपाद्वारा आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन

पूर्व राजपाद्वारा आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

समाजवादी पार्टीसँग एकीकरण गरेको पूर्व राजपाको बिहीबार बसेको बैठकले कार्यदल गठन गरेको सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनिल रोहित, रमेश यादव ,संजय यादव छन्।

२०७४ मा ६ मधेश केन्द्रित दल मिलेर राजपा गठन भएको थियो। तर,अहिलेसम्म पनि जिल्ला तह र भ्रातृ संस्थाहरूको समायोजन हुन सकेको थिएन।

गत वैशाख १० गते संघीय समाजवादी पार्टी र राजपा एकीकरण भएर जनता समाजवादी पार्टी बनेको  थियो।

जसपाको समायोजन प्रक्रिया अगाडि बढ्न थालेपछि राजपाले आन्तरिक समायोजन थालेको हो।

बिहीबार बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी बैठक स्थगित भएको थियो।

त्यसअघि पदाधिकारी बैठक बसेको थियो।

बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले आन्तरिक समायोजन प्रक्रिया नटुंगिएको बताएका थिए।  

पूर्वराजपाले गठन गरेको कार्यदलले पार्टीको समायोजनलगायतका बाकी कामको टुंगो लगाउने बुझिएको छ।

प्रकाशित: Mar 19, 2021| 00:53 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।