सोमबार, भदौ १५, २०८३

कांग्रेस कमजोर हुँदा देश कमजोर भयो : सुजाता 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिष्टहरुले गणतन्त्र र संविधान नै धरापमा पारेको टिप्पणी गरेकी छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

बुटवल– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिष्टहरुले गणतन्त्र र संविधान नै धरापमा पारेको टिप्पणी गरेकी छन्। उनले मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा परेको बताउँदै यसको रक्षा गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताइन्। 

कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहीबार बुटवलमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘कांग्रेस कमजोर हुँदा देश कमजोर भयो र राजनीतिक संकट निम्तियो,’ उनले भनिन्। 

उनले कम्युनिष्टहरुको सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध कांग्रेसभित्र पनि सहमति र एकता आवश्यक रहेकोमा नेतृ कोइरालाले जोड दिइन्।

जीपी कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा भएको विचार गोष्ठीमा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी, प्रदेश सांसद रमा अर्याल, पुष्पा चौधरी, बुटवल नगर सभापति खेलराज पाण्डेले बोलेका थिए।

प्रकाशित: Mar 18, 2021| 16:52 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।