सोमबार, भदौ १५, २०८३

घुससहित मालपोत अधिकृत पक्राउ

२४ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय कञ्चनपुरका अधिकृत पक्राउ परेका छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

धनगढी– २४ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय कञ्चनपुरका अधिकृत पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जग्गाको हालसाविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुससहित उनलाई पक्राउ गरिएको बताए।

जोशीलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Mar 18, 2021| 12:33 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।