सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई माधव नेपालको चुनौती : कमिटी बोलाउनुस्, त्यहीं सामना गरौंला

ओलीलाई माधव नेपालको चुनौती : कमिटी बोलाउनुस्, त्यहीं सामना गरौंला

एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका कमिटी बैठकमा चुनौती सामना गर्न तयार रहेको बताएका छन्। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका कमिटी बैठकमा चुनौती सामना गर्न तयार रहेको बताएका छन्। 

एमाले नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपालले भने, 'हामी चुनौती दिन चाहन्छौं, कमिटीको बैठक बोलाउनुस्, त्यहीं सामना गरौंला।’ उनले छलफल र बैठक भन्नेबित्तिकै ओलीलाई टाउकाे दुख्ने बताए।

नेपालले पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्युरोमा आफूहरू बहुमतमा रहेको बताए।

उनले भने, ‘केन्द्रीय कमिटीमा पनि हामी बहुमतमै पुग्छौं होला केही तलमाथि होला। उहाँसित कमिटीको सामना गर्ने आँट नै छैन। त्यसैले उनी वैधानिक रूपमा अगाडि बढ्न चाहेका छैनन्।’ 

उनले ओलीविरुद्ध धेरै अघिदेखि लड्दै आएको र अब पनि लड्न नडराउने बताए।

उनले भने, ‘नवौं महाधिवेशनपछिका उहाँको व्यवहार सबैलाई थाहा छ। हामी ओलिविरुद्व धेरै लडेका हौं। हामी डराउने र तर्सिने काम गर्दैनौं ओलीसित हामी डराउदैनौ झुक्दैनौं।’

उनले ओली प्रवृत्तिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए। नेपालले भने, ‘पार्टीमा धेरै भ्रम सिर्जना गरिएको छ। कार्यकर्ता लडाउन भिडाउने काम हुन सक्छ। त्यसैले तपाईंहरु सबै हिसाबले तयार रहनुहोला।’

उनले कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध नेताहरू पार्टी एकताका पक्षमा रहेको बताए। उनले भने, ‘उहाँहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध हामी सबै साथमा छौं भन्नुभएको छ।’

ओलीको गुटको मानसिकता एकदम गलत रहेको उनको भनाइ छ।

नेपालले भने, ‘वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ।’

उनले ओलीलाई नवौं महाधिवेशनको दस्तावेजमा आउन पनि आग्रह गरे। उनले ओलीलाई अध्यक्षमा जिताएर गल्ती गरेको पनि बताए।

उनले भने, ‘जजसले जिताउने भूमिका खेल्नुभयो म–म भन्नुस्। हामीले पनि कमजोर गरेकै हो।’ नेता नेपालले जबजको मूल्यमान्यताअनुसार देशैभर ओलीविरुद्ध भण्डाफोर गर्न पनि आग्रह गरे।

उनले भने, ‘जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्नुस्।’

उनले २०७१ देखि २०७५ सम्म ओलीले गरेका गल्तीको समीक्षा गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

नेपालले भने, ‘एकता गर्दा मनपरी नियुक्त गरे। प्रधानमन्त्री भएको दिनदेखि राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरे। एकल रूपमा शासन गर्ने काम भयो।’

प्रकाशित: Mar 18, 2021| 11:35 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।