सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात क्षेत्रका समस्या समाधान गर्छाैं : मन्त्री चौधरी 

यातायात क्षेत्रका समस्या समाधान गर्छाैं : मन्त्री चौधरी 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सरकारले यातायात क्षेत्रको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

बुटवल– लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सरकारले यातायात क्षेत्रको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। 

‘यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले व्यवसायीलाई साथ दिन्छ’, पश्चिम नेपाल बस व्यवसायी प्रालिको पदस्थापन कार्यक्रममा बिहीबार सम्बोधन गर्दै मन्त्री चौधरीले भने। 

सार्वजनिक यात्रुवाहक सवारीका समस्या समाधानमा व्यवसायीहरुको सहयोग आवश्यक रहेको उनले बताए। 

मन्त्री चौधरीले सार्वजनिक यातायातका क्षेत्रमा काम गर्ने मजदुरहरुको व्यवहार सुधार आवश्यक रहेको बताए। 

यातायात क्षेत्रमा काम गर्ने चालक–सहचालकलार्य यात्रुप्रति गरिने व्यवहार र आचरणमा सुधार गर्न पनि उनले आग्रह गरे। 

यसैबीच पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्वसम्मत निर्वाचित भएका छन्। 
 

प्रकाशित: Mar 18, 2021| 10:58 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।