शुक्रबार, फागुन १५, २०८२

‘ऐना हेरी हेरी’ सार्वजनिक

संगीतकार तथा गायक भीम बीसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– संगीतकार तथा गायक भीम बीसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ।  

National life

लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बीसीले संगीत भरेका छन्। गीतमा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बीसीको आवाज सुन्न सकिन्छ। 

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने प्रविन भट्टले गरेका हुन्।

गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोमा गायिका एलिना र बीसी आफैंले अभिनय गरेका छन्। गीतको भिडियोमा सरोज बुढाथोकीको शृंगार र कुसम श्रेष्ठको पहिरन छ। 

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बीसी अफिसियलबाट सार्वजनिक गरेका हुन्। 

Laxmi sunrise bank

छुट्टिएर टाढा बस्न बाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीतमा उतारिएको छ। माया, प्रेम र प्रेमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुसी र सुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ।

गीत आधुनिक प्रविधि र लयमा निर्माण भएकाले धेरैले रुचाउने विश्वास भीम बीसीले व्यक्त गरे। 

प्रकाशित: Mar 18, 2021| 09:16 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्