सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किर्ते आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ

किर्ते आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ

सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन्। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन्। 

महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चन्द्रनिगाहपुर–९ मा निर्माण नै नभएको बहुतले अस्पताल भवन निर्माण सम्पन्न भएको भन्दै ४३ करोड ५५ लाख ६०९ संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ भन्ने व्यहोरा उल्लेख गरी किर्ते गरेको पाइएको छ।

यस क्रममा महर्जनले संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए।

महर्जनले सरकारका विभिन्न निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा समेत किर्ते कागजपत्र प्रयोग गरेको ब्युरोले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्।

महर्जनको साथबाट आइफोन, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटर प्याड, मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको च.नं. १२६७ को थप रकम निकासा सम्बन्धी लेखिएको चिठीको छाया प्रति बरामद गरिएको पन्तले बताइन्। 

प्रकाशित: Mar 18, 2021| 09:00 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।