सोमबार, भदौ १५, २०८३

ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल सदस्य

नेकपा केपी ओली समूहले  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर बिहीबार संसदीय दल बोर्ड गठन गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– नेकपा केपी ओली समूहले  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर बिहीबार संसदीय दल बोर्ड गठन गरेको छ।

समूहको बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए। 

बोर्डमा दलका नेता केपी शर्मा ओली अध्यक्ष छन्। अन्य सदस्यहरुमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल छन्।

यस्तै बाेर्डमा राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा रहेको तामाङले सञ्चारकर्मीलाई जानकारी दिए।

भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा  पनि बाेर्ड सदस्य छन्।

प्रकाशित: Mar 18, 2021| 08:01 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।