सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले संसदीय दल बोर्ड गठन, विधान संशाेधन गर्न कार्यदल

एमाले संसदीय दल बोर्ड गठन, विधान संशाेधन गर्न कार्यदल

 एमाले केपी शर्मा ओली समूहले संसदीय दल बोर्ड गठन गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं–  नेकपा एमाले केपी शर्मा ओली समूहले संसदीय दल बोर्ड गठन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको सांसद महेश बस्नेतले जानकारी दिए।  विधानमा ३२ जनाकाे बाेर्ड हुने व्यवस्था छ।

यसैगरी बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव गर्न कार्यदल पनि गठन गरेको छ। कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई छन्।

बैठकले गुटगत भेला नगर्न पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न, आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ। 

सांसद बस्नेतले भने, ‘अन्यथा विधानअनुसार स्पष्टीकरण र काबाहरीको प्रक्रिया आगडि बढाउने निर्णय भएको छ।’
 

प्रकाशित: Mar 18, 2021| 07:40 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।