विराटनगर– विराटनगर महानगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ।
तत्कालीन विराटनगर उपमहानगरपालिकाका मेयर अशोक कोइरालाको शोकमा महानगरले बिदा दिएको हो।
कोइराला २०४९ देखि ०५४ सालसम्म विराटनगरका मेयर थिए।
कोइरालाको आज बिहान निधन भएको हो। नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।
नेता कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष, २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी भएका थिए।
कोइराला नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका सहोदर भाइ हुन्।