डोटी– दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्।
जिल्ला अदालतले मृतक मीनाका पति प्रकाश दमाईं, ससुरा प्रेम दमाईं, सासू दुर्गा दमाईं र बहिनी रम्भालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो।
अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। रासस