सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदीय दलको अर्को बैठकमा सहभागी हुने नेपाल–खनाल समूहको निष्कर्ष

संसदीय दलको अर्को बैठकमा सहभागी हुने नेपाल–खनाल समूहको निष्कर्ष

एमाले नेपाल–खनाल समूह कार्यकर्ता भेलामा व्यस्त भएका कारण आज बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने भएको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– एमाले नेपाल–खनाल समूह कार्यकर्ता भेलामा व्यस्त भएका कारण आज बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने भएको छ। 

नेपाल–खनाल पक्षीय सांसदहरुको ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार भएको छलफलमा आजको बैठकमा नजाने निष्कर्ष निकालिएको सांसद डा. दीपकप्रकाश भट्टले जानकारी दिए। 

नेपाल–खनाल समूहका सांसदबीच बैठकमा जाने या नजाने विषयमा छलफल भएको थियो। 

भट्टका अनुसार छलफलमा केही सांसदहरूले संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने धारणा राखेका थिए। तर नेताहरूले आजको बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए।

उनले भने, ‘बैठकमा सहभागिताका विषयमा मिश्रित धारणा आएको थियो। तर कार्यकर्ता भेलामा व्यस्त हुनुपरेका कारण आजको बैठकमा नजाने निष्कर्ष निकालिएको छ।’

उनले अन्य दिनको बैठकमा भने सहभागी हुने विषयमा सहमति भएको बताए।
 

प्रकाशित: Mar 18, 2021| 06:15 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।