सोमबार, भदौ १५, २०८३

नेपाल–खनाल समूहका सांसदहरू भिन्नै छलफलमा

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ पक्ष  सांसदहरूसँग छलफलमा जुटेको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ पक्ष  सांसदहरूसँग छलफलमा जुटेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले  बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्। नेपाल–खनाल पक्षले सो बैठकमा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ। 

ओलीले डाकेकाे बैठकमा सहभागी नहुने निर्णयका कारण केही सांसदहरू अन्योलमा रहेपछि नेताहरूले छलफलमा डाकेको सांसद डा. दीपकप्रकाश भट्टले जानकारी दिए। 

ललितपुरको हेरिटेज गार्डेनमा भएको छलफलमा  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले अब कसरी अघि बढ्ने विषयमा सांसदहरुलाई ब्रिफिङ गरेका छन्।

प्रतिनिधिसभामा एमालेका १२० सांसद छन्। तीमध्ये करिब ४० जना नेपाल–खनाल पक्षमा छन्।

प्रकाशित: Mar 18, 2021| 04:55 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।