सोमबार, भदौ १५, २०८३

कांग्रेस नेता अशोक कोइरालाको निधन

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको बिहीबार बिहान निधन भएको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

विराटनगर– नेपाली कांग्रेसका नेता अशोक कोइरालाको बिहीबार बिहान निधन भएको छ। 

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।

कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार चिकित्सकले बिहीबार बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेका हुन्। श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उनलाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको रेग्मीले बताए। उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाको निधन भउको हो। 

नेता कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष, २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी भएका थिए। कोइराला नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका सहोदर भाइ हुन् । 

कोइरालाको श्रद्धाञ्जलीपछि आज विराटनगरमा शव यात्रा पनि गरिने छ। त्यसपछि बिहीबार बिहान ११ देखि १२ बजेबीचमा विराटनगरकै सिंघीया घाटमा कोइरालाको अन्त्येष्टि हुने रेग्मीले बताए। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले फेसबुकमा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । कोइरालाको निधनले सिंगो कांग्रेस पार्टी र विराटनगर महानगरपालिका स्तब्ध एवं मर्माहत बनेको उनले उल्लेख गरेका छन्। राजनीतिका मार्गदर्शक गुमाउनु पर्दा सबै क्षेत्र स्तब्ध भएको पराजुलीको भनाइ छ।

प्रकाशित: Mar 18, 2021| 03:28 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।