सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले किचलो : कार्यकर्ता भेलामा व्यस्त असन्तुष्ट समूह संसदीय दलको बैठकमा नजाने

एमाले किचलो : कार्यकर्ता भेलामा व्यस्त असन्तुष्ट समूह संसदीय दलको बैठकमा नजाने

सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलको बैठक बस्न लागेको छ। बैठक नियमित भएको र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले जानकारी दिए।

एमालेको असन्तुष्ट समूह (माधव-झलनाथ)ले भने संसदीय दलको बैठकमा सहभागी नहुने बताएको छ। एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको कार्यकर्ता भेला चलिरहेकोले दलको बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिएका छन्। उक्त समूहले बोलाएको कार्यकर्ता भेला काठमाडौंमा चलिरहेको छ। भेला आज समापन हुने कार्यक्रम छ।

सर्वोच्च अदालतको आदेशले एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चुलिँदो छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेपछि माधव-झलनाथ पक्षले विरोध गरेको छ।

उक्त निर्णय रद्द गरेर पार्टी २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउनुपर्ने उनीहरुको माग छ। अध्यक्ष ओली एकलौटी हिसाबले अगाडि बढ्न खोजेको भन्दै माधव झलनाथ पक्षले आगामी रणनीति तय गर्न हिजोदेखि कार्यकर्ता भेला आयोजना गरेको हो। 

अध्यक्ष ओलीले भने भेला रोक्न निर्देशन दिएको थियोे। भेला बोलाउनेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्रीले दिएका छन्। 

प्रकाशित: Mar 18, 2021| 01:06 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।