सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बल प्रयोग गरेर भए पनि टाटासुमो पार्क हटाउन महानगरलाई जनप्रशासन क्याम्पसको निवेदन

बल प्रयोग गरेर भए पनि टाटासुमो पार्क हटाउन महानगरलाई जनप्रशासन क्याम्पसको निवेदन

जनप्रशासन क्याम्पस बल्खुले आफ्नो छेउमा रहेको संयुक्त टाटासुमो पार्क बलप्रयोग गरेर भए पनि तत्काल हटाउन महानगरलाई निवेदन गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– जनप्रशासन क्याम्पस बल्खुले आफ्नो छेउमा रहेको संयुक्त टाटासुमो पार्क बलप्रयोग गरेर भए पनि तत्काल हटाउन महानगरलाई निवेदन गरेको छ।

त्रिवि प्राध्यापक संघले कसैसँग पनि समन्वय नगरी जग्गा भाडामा दिएको र यसले विद्यार्थीको पठनपाठन नै प्रभावित हुने काम गरेको भन्दै क्याम्पसले तत्काल उक्त जग्गा खाली गर्न माग गरेको हो। 

क्याम्पससँगै जेडिएको त्रिविको जग्गामा पार्क सञ्चालन हुँदा यात्रु बोलाउने नाउमा विद्यार्थीलाई छुने, तान्ने, नराम्रो शब्द प्रयोग गर्ने, धुम्रपान र शौचालयको गन्धले पठनपाठनका साथै विद्यार्थीको सुरक्षामा नै समस्या भएकाले त्रिविको यस अघिको निर्देशन बमोजिम पार्क ७ दिनभित्र बल प्रयोग गरेर हटाउन महानगरको १४ नम्बर वडा कार्यालयमा निवेदन दर्ता गराएको हो।

त्रिवि प्राध्यापक संघले जग्गा भाडामा दिएको सम्झौता खारेज गरेपछि त्रिविले महानगरलाई यसअघि नै जग्गा खाली गराउन भनेको थियो । तर, खाली गर्न भनेको दुई महिना बितिसक्दा पनि जग्गा खाली नगरेको पार्क व्यवस्थापनलाई बलपूर्वक हटाउन क्याम्सले महानगरमा निवेदन दिएको हो।  
 

प्रकाशित: Mar 17, 2021| 12:26 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।