सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहको भेलामा उल्लेख्य उपस्थिति, अवधारणापत्र पारित गरी भोलि सकिने

नेपाल समूहको भेलामा उल्लेख्य उपस्थिति, अवधारणापत्र पारित गरी भोलि सकिने

नेकपा एमालेको माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट ४ हजार नेता कार्यकर्ता सहभागी भएका छन्।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट ४ हजार नेता कार्यकर्ता सहभागी भएका छन्।

उक्त समूहका प्रवक्ता योगेश भट्टराईका अनुसार ललितपुरस्थित एक रेष्टुरेन्टमा आयोजित भेलामा देशभरबाट उत्साहजनकरुपमा नेता कार्यकर्ताको सहभागिता छ।

भेलामा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पेस गरेको ९ पृष्ठ लामो अवधारणापत्र भोलि सुझावसहित पारित गर्ने कार्यक्रम छ। 

अवधारणापत्र माथिको छलफलका लागि विभिन्न प्रदेशगत समूह बनाइएको छ। भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य तथा प्रदेश नम्बर २ बाट घनश्याम भुसाललाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ।

यी समूहले दिएको सुझावको आधारमा वरिष्ठ नेता नेपालले पार्टीको केन्द्रीय कमिटीकातर्फबाट पेस गरेको अवधारणापत्र पारित गर्ने कार्यक्रम छ।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको प्रवक्ता भट्टराईले उल्लेख गरेका छन्।

प्रवक्ता भट्टराईले आफ्नो विज्ञप्तिमा सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरुलाई परास्त गर्दै देशभरबाट उत्साहपूर्वक सभागिता रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएका उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनर्स्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको छ।’

भेलामा पुराना कम्युनिष्ट पार्टी नेता कमलप्रसाद कोइरालासहित, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलगायत अतिथिका रुपमा उपस्थित भएका थिए।

May be an image of text

प्रकाशित: Mar 17, 2021| 12:05 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।