सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध जुट्न नेविसंघको अपिल

इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध जुट्न नेविसंघको अपिल

नेपाल विद्यार्थी संघले इन्धनमा गरिएको मूल्यवृद्धिको चर्को विरोध गरेको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– नेपाल विद्यार्थी संघले इन्धनमा गरिएको मूल्यवृद्धिको चर्को विरोध गरेको छ। 

संघले मूल्यवृद्धि गरेर उपभोक्तालाई चरम शोषण गरेको भन्दै सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन पनि अपिल गरेको छ।

संघका संघका अध्यक्ष राजीव ढुंगानाले भ्रष्टाचारमा निर्लिप्त ओली सरकारले फेरि इन्धनमा मूल्यवृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाएका छन्।

उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हप्तैपिच्छे मूल्य बढाएर जनता लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदांगो भएको छ।’

संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गराउन  सरकारविद्ध  न्दोलनमा उत्रिन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन्।

नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएर एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १०१ रुपैयाँ कायम गरेको छ।  

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। 

प्रकाशित: Mar 17, 2021| 10:57 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।