सोमबार, भदौ १५, २०८३

कर्णाली प्रदेश सरकारको समर्थन कायमै छ : नेपाल समूह

एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

सुर्खेत– एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ।

नेपाल समूहका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन्। 

उनले आज एमाले संसदीय दलको बैठक नभई गुटको बैठक भएको प्रतिक्रिया दिए। 

गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको उनको भनाइ छ। आफूहरुलाई औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति असहमति रहेको बताए।

‘यो गुटगत बैठकले गरेका निर्णय एमाले दलको विधानसम्त छैन’, ज्वालाले भने, ‘सरकारलाई दिएको समर्थन कायमै छ।’

यसअघि बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारकाट समर्थन लिने निर्णय गरेको थियो। संसदीय दलका नेता यामलाल कँडेलले सरकारमा सामेल मन्त्रीहरूलाई पाँच दिनभित्र फिर्ता बोलाउने निर्णय भएको बताएका थिए।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा छन्।

संसदीय दलको बैठकमा एमालेका २० मध्ये १० जना सांसद सहभागी थिए। ज्वालालगायतका सांसद भने बैठकका सहभागी थिएनन्।

प्रकाशित: Mar 17, 2021| 10:34 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।