सोमबार, भदौ १५, २०८३

ओलीले डाके संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदीय दलको बैठक डाकेका छन्।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदीय दलको बैठक डाकेका छन्। उनले बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

माधव नेपाल–झलनाथ पक्ष भने उक्त बैठकमा सहभागी नहुने भएको छ। नेता सुरेन्द्र पाण्डेले भने, ‘हामी बैठकमा सहभागी हुँदैनौं।’ 

नेता पाण्डेले फागुन २८ गतेको निर्णय खारेज नभएसम्म कुनै कार्यक्रममा सहभागी नहुने बताए।

फागुन २८ गते ओलीले केन्द्रीय कमिटी बैठक डाकेर एकपक्षीय रूपमा विभिन्न नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकाे थियो।

सोही कारण एमालेभित्र तीव्र विवाद छ। विवादकै क्रममा नेपाल–खनाल पक्षले बुधबारदेखि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना सुरु गरेको छ।

दुई दिनसम्म चल्ने भेलामा महत्त्वपूर्ण निर्णय गर्ने तयारी नेपाल–खनाल पक्षको छ।


ओली पक्षले भने भेला भ्रामक रहेको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ।

प्रकाशित: Mar 17, 2021| 10:32 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।