काठमाडौं– टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ बेलबारी–२ घर भई टोखा बस्ने २२ वर्षीय आशिष लिम्बूको हत्या अभियोगमा तीन जना पक्राउ परेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लिम्बूको शव सडक नजिकै फेला परेको थियो। उनी लागू औषध दुर्व्यसनी रहेको खुलेको छ।
लिम्बूको झगडा वर्कशपमा काम गर्नेहरुसँग भएको र उनीहरुले नै मारेर झाडीमा फालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। बाँसको झ्याङमा तन्नामा बेरेर फालेको अवस्थामा शव भेटिएको छ।
अभियुक्तमध्ये दुईजनालाई काठमाडौं र अर्को एकलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।