सोमबार, भदौ १५, २०८३

माधवकुमार नेपालले भने- साइबर स्यालहरू होसियार

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जालका भ्रमपूर्ण सूचनाले अलमलमा नपर्न कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जालका भ्रमपूर्ण सूचनाले अलमलमा नपर्न कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्। 

आज सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको बताएका हुन्। 

‘आज र भोलिको भेला स्थगित भनेर योगेश भट्टराईको हस्ताक्षरसहितको नक्कली सूचना जारी गरेर भ्रम छर्ने प्रयास गरियो,’ उनले भने, ‘उनीहरूलाई त्यसै साइबर स्याल भनिएको होइन रहेछ, साइबर स्यालहरू होसियार, यस्तो धेरै दिन टिक्दैन।’

उनले कुनै पनि किसिमको अलमलमा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘साइबर स्याल नेकपा हुँदा मात्रै थियो भनेको सोचेको थिएँ तर, एमालेले जीवन पाइसकेपछि पनि हराएको रहेन छ,’ उनले भने। 

नेपालले अहिलेको लडाइँ पदका लागि नभई सिद्धान्त, विधि र पार्टीको लडाइँ भएको बताएका छन्।

‘यो स्थिति ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ,’ उनले भने, ‘मदन भण्डारी फाउन्डेसनका नाममा गुट बनाउने काम पनि उहाँले नै गर्नुभयो।’

प्रकाशित: Mar 17, 2021| 08:21 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।