सोमबार, भदौ १५, २०८३

सात करोड लागतमा बन्ने भो जितगढी युद्ध संग्रहालय

अंग्रेज फौजलाई हराएको जितगढी किल्ला र यससँग जोडिएका ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने गरी बटौली संग्रहालय निर्माण हुने भएको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

बुटवल– अंग्रेज फौजलाई हराएको जितगढी किल्ला र यससँग जोडिएका ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने गरी बटौली संग्रहालय निर्माण हुने भएको छ। 

बुटवलका ऐतिहासिक सम्पदा र पुरानो बुटवल (बटौली) बजारलाई जीवन्त राख्न संग्रहालय निर्माणको योजना अघि सारिएको हो। 

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त संरचनाको बुधबार शिलान्यास गरिएको छ। 

बुटवलका नगरप्रमुख शिवराज सुवेदीले जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा विकास गर्न संग्रहालय निर्माण गर्न थालिएको बताए।

प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताए। 

‘बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिनेछ’, उनले भने। 

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए। 

बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्त्वका योजना तय भएका छन्। 

अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ। 

बुटवल वडा नं. १ को भैरव मन्दिरनजिकैको उपमहानगर करिब तीन कट्ठा जग्गामा चार तलाको संग्रहालय बन्नेछ। 

पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहनेछ। 

तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको ‘सोभिनियर सप’ रहनेछ। 

६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो।

निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीबीच गत माघ १० गते सम्झौता भएको थियो। 

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुकलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत् बुटवलको अवस्थाबारे जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन्। 

प्रकाशित: Mar 17, 2021| 08:03 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।