सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ढोरपाटन शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

ढोरपाटन शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

 नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

बागलुङ - नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ।

आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो। 

सोमबारदेखि लागेको आगलागी मंगलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए।

आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए।

आगलागीबाट आरक्षको करिब ३० हेक्टर वनमा क्षति पुगेको छ।

समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ। रासस

प्रकाशित: Mar 17, 2021| 07:15 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।