सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेयरमा प्रभाव पार्ने खालको सूचना सार्वजनिक गरेको भन्दै निफ्रालाई नेप्सेले काट्यो पत्र

सेयरमा प्रभाव पार्ने खालको सूचना सार्वजनिक गरेको भन्दै निफ्रालाई नेप्सेले काट्यो पत्र

सेयर बजारमा प्रभाव पार्ने खालको समाचारहरू सार्वजनिक गरेको भन्दै नेपाल इन्फ्रास्क्ट्रचर बैंक (निफ्रा)लाई स्पष्टीकरण सोधिएको छ । 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – सेयर बजारमा प्रभाव पार्ने खालको समाचारहरू सार्वजनिक गरेको भन्दै नेपाल इन्फ्रास्क्ट्रचर बैंक (निफ्रा)लाई स्पष्टीकरण सोधिएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकको सेयर मूल्यलाई प्रभाव पार्ने विषयमा किन बोलेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालाई स्पष्टीकरण सोधेको हो। 

केही दिन अगाडि बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पत्रकारहरूसँग बोल्दै केही वर्ष भित्रमा नै लन्डन स्टक एक्सचेन्जमा तीन अर्ब रूपैयाँ बराबरको ‘बन्ड’ जारी गर्ने बताएका थिए। 

साथै उनले आगामी वर्ष दिनभित्रमा नै १० प्रतिशत लाभांश दिनेसमेत जानकारी दिएका थिए। 

यसले बैंकको सेयरलाई प्रभाव पार्न सक्ने भएकाले स्पष्टीकरण सोधिएको नेप्सेले जनाएको छ। 

नेप्सेका कामु सहायक प्रबन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण मागिएको जानकारी दिए । 

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा प्रभाव पार्ने खालका सूचना वा समाचारहरू प्रकाशित र प्रसारित नगर्नका लागि समय–समयमा सार्वजनिक सूचना जारी गरी दोस्रो बजारमा कारोबार गर्ने संस्थाहरूलाई सजग बनाएको थियो।

प्रकाशित: Mar 17, 2021| 07:05 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।