सुर्खेत - डोल्पामा आज एक्साभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका-११ का १७ वर्षीया हेमराज सिंह रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ का १५ वर्षीय एकराज बुढा घाइते भएका छन्।उनको हात खुट्टामा गम्भीर चोट लागेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–२, रुम गाउँ नजिकै सुलिगार्डदेखि फोक्सुण्डो जोड्ने सडक खन्ने क्रममा एक्साभेटर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रहरीका अनुसार एक्साभेटर सडकबाट करिब ३०० मिटर तल खसेको छ।
दुर्घटनापछि चालक (अपरेटर) अनमोल सिंह फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।