सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

कञ्चनपुर– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो।

तामाङले उधारोमा रु. एक हजार ५०० मा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो। वारदातपछि उनी फरार भएका थिए। पक्राउ गरेका तामाङलाई आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

तामाङले यसअघि विसं २०२१ मा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई विसं २०२८ मा बिरामी अवकास भई पेन्सनसमेत लिने गरेको कुरा खुल्न आएकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए।
–रासस

प्रकाशित: Mar 17, 2021| 05:25 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।