सोमबार, भदौ १५, २०८३

कञ्चनपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते 

कञ्चनपुरमा गाडी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

कैलाली - कञ्चनपुरमा गाडी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियामा म १ ज २४३ नम्बरको गाडी दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ७७ वर्षीय मन्दिरादेवी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

महेन्द्रनगरबाट धनगढी आउँदै गरेको गाडीको पछाडिको बायाँतर्फको टायर पड्किएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 17, 2021| 04:22 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।