सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

कैलाली - मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी-६, जालीमा रहेको जंगल प्लाजा नाम गरेको रिसोर्टबाट रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

रिसोर्टबाट पीडित पाँचजना युवतीलाई उद्धार गरिएको बताइएको छ।

डीएसपी विष्टका अनुसार चौधरीले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरूसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

चौधरीमाथि मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। रासस

प्रकाशित: Mar 17, 2021| 02:59 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।